इजरायलमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो



एजेन्सी । इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी  कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ ।

तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्