संसद्‌मा शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा उठेका पश्नहरूको जवाफ दिने



काठमाडौं । संसद् बैठकमा शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

आज (आइतबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले जवाफ दिने कार्यसूची रहेको छ ।

गत शुक्रबार आह्वान गरिएको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए ।

सांसदरूले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका थिए ।

संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क हुने भनेको छ । यो कार्र्यावयन नहुने गरी विधेयक आएको सांसदहरूको टिप्पणी छ ।

आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर सांसदहरुले सरकारको जवाफ मागेका छन् ।

यी लगायतका विषयमा शिक्षामन्त्री राइले जवाफ दिने कार्यसूची छ ।

एनसेलको अवधि बढाउन पटक–पटक कानुनमा छेडखानी( राज्यलाई २१ अर्ब नोक्सानी हुँदा पनि दलहरू मौन

प्रतिक्रिया दिनुहोस्