करोड भ्युजका ११ गीत



संगीतकार दीपक शर्माले राजधानीमा आयोजित एक कार्यक्रमका बीच युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको आफूद्वारा संगीतबद्ध ११ आधुनिक र लोकपप गीतको एलबम दीपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू सार्वजनिक गरेका छन्।

एल्बममा सर्वाधिक १० करोड भ्युज पाएको पिरेम नलाउनेसहित छैन मलाई पिर, छुट्टिएर तिमीस“ग, पछिपछि लागेर, बालखैमा दिल बस्यो, ए है माया, अर्को जुनी खै कुन्नी, फूल फुलेको बन, ओकल दोकल, सिल्की कपाल र आयौ चेली गरी ११ गीत संग्रहित छन्। एलबममा संग्रहितबाहेक फिल्मका ६ र अन्य ४ गरी थप १० गीतले पनि युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको संगीतकार शर्माले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्