प्रदेश उद्योग परिसंघमा हेटौंडाका पोखरेल



हेटौंडा ।

वागमती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्षमा हेटौंडाका लेखराज पोखरेललाई चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने र सूर्यप्रसाद न्यौपाने तथा सदस्यमा बद्रिनाथ शर्मा, सुयशराज पराजुली, श्रीहरि मास्के, धीरजकुमार कार्कीक्षेत्री, शरद्चन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्रबहादुर बानियाँ , दिवस चौलागाईं र सुदर्शन अधिकारी रहेका छन् ।

पदेन सदस्यमा बलराम अधिकारी (सिन्धुली), राजाराम अधिकारी (नुवाकोट), चन्दना कोइराला (महिला उद्यमी मञ्च), अमर घिमिरे (युवा उद्यमी मञ्च) रहेका छन्।
वागमती प्रदेश महिला उद्यमी मञ्च संयोजकमा चन्दना कोइराला चयन भएकी छिन् । सदस्यमा सिर्जना सोती, कविता श्रेष्ठ, सबिना सडौला र सीता धिताल (अधिकारी) छन् । वागमती प्रदेश युवा उद्यमी मञ्चको संयोजक अमर घिमिरे तथ सदस्यमा सुरेन्द्र कार्की, रबिन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल र आश्विन गोले छन् ।

प्रतिक्रिया दिनुहोस्