चौथो बनेपा महोत्सव सुरु



काभ्रे।

चौथो बनेपा महोत्सव ‘२०८० ‘ आज शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा सुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी)को आयोजनामा आजबाट सुरु भएको हो । महोत्सव कार्तिक ४ गतेसम्म चल्ने छ ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले महोत्सवको उद्धघाटन गरेका हुन । महोत्सवको उद्घाटन समारोह अघि बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा र्‍यालीको आयोजना गरिएको थियो ।

महोत्सवमा विभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए । उनका अनुसार, महोत्सवमा घरेलु उत्पादनका सामग्री, हस्तकलाका सामग्री, खाद्य सामग्री, लत्ताकपडा, खानाका विभिन्न परिकार, लगायतका स्टलहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्