ओसिएद्वारा पाँच नेपाली खेलकर्मी सम्मानित



काठमाडौँ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको हाङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ ।

ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान गरेका हुन् ।

ओसिएले हाङजाउ एसियाली खेलकुदको प्रवर्धन र प्रचारप्रसारमा दिएको योगदानको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्