२५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारीसाधन कर्जामा जोखिम भार घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५% जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो ।

राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याएको हो ।

यता, चालु आर्थिक वर्षमो मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँसम्मको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा भने शतप्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।