धर्मगुरु आचार्य श्रीनिवास रिहा



sf7df8f}F, !^ c;f]h . /fli6«o ;efcGtu{t /fli6«o ;/f]sf/ tyf ;dGjo ;ldltsf] d+unaf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuLx? . tl:a/ M /Tg >]i7÷/f;;

जनकपुरधाम ।

उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरेर रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्