धनगढीमा एक व्यवसायीमाथि आक्रमण



धनगढी ।

धनगढीमा एक व्यवसायीमाथि कुटपिट भएको छ। धनगढीको जाईमा डेरी व्यवसाय गर्दै आएका कुसल धामीमाथि चिर्पट प्रहार भएको हो।

स्थानीय सिर्जन खड्का र सन्दीप शाहीको समूहले धामीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। आपसी विवादका कारण धामीमाथि स्थानीय युवाको समूहले कुटपिट गरेको प्रहरीको भनाइ छ।

बिहान धामीका भाइसँग युवाहरूको टोलीको विवाद भएको र सोही क्रममा फेरि पसलमा आएर विवाद गर्न खोज्दा दाइ कुसलले झगडा छुट्याउन खोज्दा युवाहरूको चिर्पट लागेर धामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्