सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न



काठमाडौँ।

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान दिएका पदाधिकारीहरुलाई अध्यक्ष अर्यालले
उनीहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा संघकी सदस्य सचिव तुलामाया ठाडामगरले संघको वार्षिक कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष पुजा राजभण्डारीले
आर्थिक वर्ष २०७९-०८० को आय व्यय विवरण गरेका थिए ।

संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि लगायत विविध विषयमा उक्त साधारणसभामा छलफल समेत भएको थियो ।
संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुका साथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

सोही अवसरमा अध्यक्ष अनिता लामिछाने अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेकी थिइन् ।

त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत अध्यक्ष
अर्यालले मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्