धुलिखेल कल्याणकारी सेवा समाजको आठौँ वार्षिक साधारण सम्पन्न



काभ्रे। 

  धुलिखेल कल्याणकारी सेवा समाजको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै  प्रमुख अतिथि रोमी प्रसाद व्याञ्जूले देशका विभिन्न स्थानबाट धुलिखेल नगरपालिका क्षेत्रभित्र बसोबास गर्दै आउँनु भएका परिवारले सञ्चालन गरेको यो गुठीको एउटा सदस्य आफू  पनि भए जस्तो भान भएको बताए । उनले  जस्तो सुकै परिस्थितिमा पनि हाल सम्म आफूले यो संस्थाका अधिकांश कार्यक्रममा सहभागी हुँदै आएको र संस्थाको उद्देश्य र लक्ष्य राम्रो भएकाले आवश्यक सहयोग गर्न आफू  तयार रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गायत्री रमण घिमिरेले संस्थाको मूल उद्देश्य गुठी परिवारमा दुःख सुखमा साथ र सहयोग गर्नुका साथै एकजुट भएर अघि बढ्न र विकास निमार्णमा समेत साथ सहयोग होस भन्ने उद्देश्य रहेको बताए । उनले देशका विभिन्न क्षेत्रबाट धुलिखेलमा आई बसोबास गर्ने क्रममा परिआएको मृत्यु संस्कार देखि विविध विषयलाई लिई यो संस्था ८ वर्ष अघि स्थापन गरी समाजको हितमा विभिन्न समयमा स्वास्थ्य शिविर, द्यौसी भैलो कार्यक्रम, मृत्यु संस्कार, सामाजिक भाइचारा सम्बन्धको विकास लगायतका काम गर्दै आएको जानकारी गराए ।

सोही अवसरमा संस्थाका सचिव भगवती तिमल्सिनाले परिवारमा सबै सदस्यहरु एक आपसमा मिलेर बस्नु जस्तै सामाजिक रुपमा आफ्ना परम्परागत गतिविधि सञ्चालन गर्नु पनि त्यत्तिकै अपरिहार्य विषयवस्तु भएको र सातौँ वार्षिक साधारण सभाले निर्दिष्ट गरेका नीति तथा कार्यक्रम भित्र रही यस कार्यसमितिले गरेका कार्यक्रमहरु र गतिविधिबारे भए गरेका उपलब्धि, चुनौती र भावी कार्यक्रमका बारेमा सभा समक्ष नीतिगत निर्माणार्थ पेस गरेकी थिइन्  ।

उनले परिवार–परिवार मिलेर गरिने सामूहिक गतिविधिमा संलग्न हाम्रो ७५ परिवारका करिब ४ सय २ जना व्यक्तिहरु संलग्न रहेका छौं । यो संस्थामा आवद्ध परिवारमा गुठीका सदस्यभित्र मृत्यु हुँदा घाट देखि घरसम्म संस्थाको नियमअनुसार बिचरा स्वरुप एकमुष्ट २५ हजार नगद सहित भेट्न जाने, धार्मिक सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिई बालबालिकालाई समेत संस्कृतिको चिनारी सहितका देउसी भैलो कार्यक्रम,वनभोज कार्यक्रम, कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराइन्  ।

साथै उनले धुलिखेल नगरपालिकाको सिंगो परिवारले गुठीको माग अनुसार पाठपुजा गर्ने थलो, सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने सामग्री, विद्युतीय घाटको लागि नगरपालिका तथा प्रदेश, संघकै तहबाट कार्य गर्न सहकार्यका लागि गरिएको निर्णयप्रति आभार प्रकट गर्दै आगामी दिनमा सहकार्य गरी कार्यक्रम अगाडि बढाउन नगरपालिकाकै सहकार्यमा परियोजना समेत प्रदेश सरकार समक्ष पेस गरिसकेको जानकारी गराइन्  ।

त्यसैगरि समाजका कोषाध्यक्ष खड्ग बहादुर श्रेष्ठ (जीवन) ले आर्थिक वर्ष २०७९-२०८० को आर्थिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्दै आगामी दिनमा आर्थि बृद्धिका लागि नयाँ कार्यक्रम तथा योजनाका बारेमा प्रकाश पारे ।

 कार्यक्रममा संस्थाका उपाध्यक्ष खड्ग प्रसाद सापकोटाले संस्थाको काम कर्तब्यका बारेमा जानकारी गराए । त्यसैगरि संस्थाका संलाहकार प्रल्हाद प्याकुरेलले समय सापेक्ष संस्थालाई अघि बढाउन आर्थिक रुपमा सवल हुनुपर्ने र त्यसका लागि आजिवन सदस्यमा वृद्धि गरी  कोष वृद्धि गरी  थप कार्यक्रमहरु गर्नुपर्ने विषयमा प्रकाश पारेका थिए  ।

सभा समक्ष प्रस्तुत गरेका वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि  घनीभूत छलफल भै सदस्यहरुबाट उठेका प्रश्नको अध्यक्ष, सल्लाहकार, सचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरुले प्रस्ट्याएका थिए  । कार्यक्रमको  सञ्चालन संस्थाका कार्यसमिति सदस्य तुलसीराम रिजालले गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्