मोटरसाइकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

मोटरसाइकल चोरीमा संलग्न तिन जनालाई  काठमाडौँको पुरानोबानेश्‍वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका ८ घर भइ काठमाडौँको बेसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ बेसीगाउँमानै बस्ने २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका २ घर भइ काठमाडौँको जोरपाटी बस्ने २६ वर्षीय प्रेम रसाइलीलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२-०३४ प ०९ १८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट गत भदौ ९ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३७ प २४ ७७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न ३ जनालाई पुरानोबानेश्‍वरबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्