जापान पठाइदिन्छु भनी ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ



काठमाडौँ।

जापान पठाइदिन्छु भनी ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको लेटाङ न.पा. वडा नं. २ घर भई हाल धुम्बाराही बस्ने ५० बर्षीय डिल्लीराम खतिवडालाई पक्राउ गरेको हो ।

उनले ढकराज आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा छयालीस लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोसँगै खोजतलासका क्रममा कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्