जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ



काठमाडौं।

काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ सामाखुसी बस्ने तनहुँ ब्यास नगरपालिका-७ घर भएका ५३ वर्षीय अम्मर गुरुङसमेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार १ सय ५० रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस्तै कैलाली, गोदावरी नगरपालिका-१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ६७ वर्षीय बिर बहादुर ऐरसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८५ रूपैयाँ र ५ बुक गड्डी ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्