सप्तरीबाट १ सय वटा वाकीटकी बरामद



सप्तरी।

जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट आइतबार करीव ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकीटकी ) बरामद
भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।

यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्हीस्थित सीमा ईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।
बरामद रेडियो सेट, प्रिन्टर मेसीन र मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ। ।

प्रतिक्रिया दिनुहोस्