काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट

सिनामंगलमा डाक्टरहरुको प्रदर्शन



काठमाडौँ।

काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सरकारसँग सहमति भएको केही घण्टाभित्रै आइतबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका नेफ्रो विभागको ओपीडी डा. मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो।

डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका खुलेको छ।

मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।

सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्