एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित


काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।

गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भए । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

दुई उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।  साथै, लेखा आयोग अध्यक्षमा श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।