मेलम्ची खोलामा बेपत्ता व्यक्तिको शव फेला



   सिन्धुपाल्चोक। 

 जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टे स्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले शुक्रवार त फेला पारेको छ ।

 सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षिय विष्णु प्रसाद गजुरेल हिजो (बिहीबार ) उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए ।

उक्त  घटनाबारे जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश
फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरेस्थित ईन्द्रावती खोलाको बीच भागमा फेला पारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्