परदेशी २ नेपाली घरघरको कथा हो : निर्माता रायमाझी 

टोली बुटवलमा



बुटवल। 

मोफसल दौडाहामा हिँडेको परदेशी २ को टोली बुटवलमा छ । काठमाडौँदेखि चितवन हुँदै नेपालगन्जमा आफ्नो भ्रमण सकेको टोली बुटवलमा आएर कलेज तथा पत्रकार एवं  दर्शक भेटी असोज २६ गते रिलिज हुने फिल्मबारे निमन्त्रणा गरेका छन्।  बिहानैबाट कलेजमा बिद्यार्थीसंग भेटेका कलाकारहरुले दिउँसो चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा फिल्मबारे बताएका हुन्।

 सो कार्यक्रममा बोल्दै नायक तथा गायक प्रकाश सपुतले समाजमा भएका नेपाली सबैको घरमा हुने कथालाई टपक्क टिपेर कथा बुनिएको परदेशी २ समाजको पूर्ण कथा भएको बताए। आफ्नो डेब्यु फिल्म भएकाले निकै उत्साहित बनेका सपुतले यसपछि अर्को फिल्म खेल्ने या नखेल्नेबारे परदेशी २ ले निर्णय गर्ने र त्यसको सबै जिम्मा दर्शकलाई दिएको बताए।

सो पत्रकार भेटघाट मा बोल्दै निर्माता नारायण रायमाझीले पाल्पा माथागढ़ीबाट गोरखापल्टनको कथाबाट सुरु भएको घरघरको कथा पाल्पा तानसेन बुटवल हुँदै काठमाडौँ र विदेशसम्म पुगेको घरघरको कथा परदेशी २ मा समेटिएको बताए।

आफ्नो ३० वटा फिल्म खेल्दा समेत नपाएको संस्कृति सम्बन्धी कथा परदेशी २ ले आफूलाई दिएकोमा नायिका केकी अधिकारी हर्षित भएको बताए ।
लोक तथा दोहोरी गायक तथा निर्माता एवं  निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्