मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा



काठमाडौँ। 

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइबालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेले २०७९ चैत ६ गते पशुपति मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२३ प ६२ ४९ नम्बरको २ सय सि.सि.को एनएस  पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरी  बागमती प्रदेश ०२-०३० प ३५ ७५ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकल सहित फेला पारी कमलपोखरीबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्