‘उदयपुर समाज काठमाडौँ ‘ नामक संस्था गठन



उदयपुर । 

उदयपुरमा जन्म घरभै विभिन्न पेसा व्यवसाय गरेर काठमाडौँ  बस्नेहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा आइतबार उदयपुर समाज काठमाडौँ  नामक सामाजिक संस्था दर्ता गराएका छन् ।

उदयपुरको विविध क्षेत्रको विकास निर्माण तथा सामाजिक क्षेत्रमा सहयोग पु¥याउने,उद्देश्यले स्थापना गरिएको उक्त संस्थामा सरकारी सेवाबाट अवकास प्राप्त उच्च पदस्थ सेवा निवृत्त राष्ट्रसेवकहरुको र निजी क्षेत्रमा कार्यरत अधिकारीहरुको संलग्नता रहेको छ ।

सोमबार उदयपुरको सदरमुकाम गाईघाट स्थित बोक्से रातमाटेमा आयोजित पत्रकार सम्मेलनमा संस्था स्थापना भएको जानकारी दिने उद्देश्यले एक कार्यक्रमको आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलनमा देशमै बसेर केही गर्न सकिने भएकोले मानवीय सेवा, आपत विपतमा परेकालाई सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण तथा विविध क्षेत्रमा काम गर्न संस्था स्थापना गरिएको र समाज सेवाको क्षेत्रलाई फराकिलो पारेर काम गर्ने लक्ष्य रहेको जानकारी दिइएको थियो । संस्थामा उदयपुरका आठवटै पालिकाबाट साथीहरु समेटेर स्वतन्त्र र निष्पक्ष रुपमा रहेर संस्था गठन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

नेपाल टेलिभिजनबाट अवकाश प्राप्त मनोहरी थापाको अध्यक्षतामा गठन भएको उदयपुर समाज काठमाडौँ का उपाध्यक्षमा इश्वर निरौला, सन्दीप बस्नेत, महासचिवमा वसन्त कुमार बस्नेत, सचिवमा राम बहादुर कार्की, कोषाध्यक्षमा पमिका राई रहेकी छिन । यसै गरी सदस्यहरुमा पुकार थापा, सन्तोक्ष् सिंह कार्की, लीला शाही ठकुरी,महेश कुमार बस्नेत र समृद्धि राज्य लक्ष्मी राणा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्