पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ



काठमाडौँ ।

पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा राप्ती प्यालेसमेन्ट मेनपावरका संचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर म.न.पा. वडा नं. ६ घर भई हाल काठमाडौँ .का.म.न.पा.वडा नं. ३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेका छन्।

संचालक अधिकारीले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनी प्रतिव्यक्ति बाह्रलाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित फुड प्याकिङमा काम लगाइदिने भनी मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी २७,२५,०००/- (सत्ताइस लाख पच्चीस हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको  टोलीले अधिकारीलाई खोजतलास गर्ने क्रममा सोमबार बसुन्धाराबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्