नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ



काठमाडौँ।

नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण वडा न १० का जागा चौधरी रहेका छन् । उनलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथमा भारतीय आधार कार्ड, नेपाली नागरिकता, नेपाली नागरिकता प्रयोग गरि लिएको सवारी चालक अनुमती पत्र फेला पारेको जनाएको छ ।चौधरीको अहिले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत रहेको छ ।

वि.स २०६३ सालमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको मौकामा चौधरीले झुट्टा विवरण पेश गरी नागरिकता लिएको प्रहरीको आरोप छ । चौधरीविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्