बालयौन दुरुपयोगको मुद्दा दर्ता



धादिङ । 

१० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–२, मैदीका २० वर्षीय दीपक विकविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा  असोज ५ गते बालयौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ ।

आरोपितले बालिकालाई भदौ २८ गते यौन दुरुपयोग (बलात्कार प्रयास) गरेकोले कारबाही माग गर्दै असोज ५ गते उजुरी दिएपछि मुद्दा दर्ता गरी  आरोपितलाई हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

पीडतको असोज ५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भयो । आरोपितहरुले अन्य मानिसको समेत सहयोगमा यौन दुरुपयोगको घटना मिलापत्र गर्न दबाब दिए पनि पीडित पक्षले  उजुरी दिएको प्रहरी कार्यालयमा जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्