मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



धनगढी ।

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक आज से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परेर चालक डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन्। नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्