तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते



दाङ।

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने करिब ३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मृत्यु । हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै सोही ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्