सुशीलको सोच



बुटवलका ३१ वर्षीय सुशील खरेल १२ वर्ष भयो छायांकन क्षेत्रमा आएको। यस अवधिमै उनले लोभलाग्दो लोकप्रियता कमाइसकेका छन्।

मोडलिङ, विज्ञापन र वैवाहिक समारोहको फोटोग्राफी होस् या म्युजिक भिडियो, विज्ञापन र वैवाहिक समारोहको भिडियोग्राफी नै किन नहोस्, स्थिर छायांकन र छायांकनको क्षेत्रमा उनले यस अवधिमै यति राम्रो काम देखाए कि यस्ता कार्यक्रमका लागि उनको माग उच्च छ।

प्लस टुसम्मको अध्ययन गरेका सुशीलले भारतको दिल्ली पुगेर त्यहा“को सफर फिल्म स्टुडियोबाट फोटोग्राफीको तालिम लिई फोटो र भिडियोग्राफीको करियर सुरु गरेका थिए। फोटो र भिडियोग्राफीमा ६ महिनाको तालिम र कक्षा लिएपछि सुशीलले शुरुमा दिल्लीमै यो विधामा प्राक्टिकल गरेका रहेछन्। ‘फोटो र भिडियोग्राफीमा ६ महिनाको ट्रेनिङ लिएपछि केही समय दिल्लीमै प्राक्टिल गरे“। त्यसपछि काठमाडौं आएर स्टुडियो फोटोग्राफीबाट करियर शुरु गरे“। अहिले विज्ञापन भिडियो र म्युजिक भिडियो खिचिरहेको छु। फिल्म खिच्ने अफर पनि पाएको छु। तर, लामो समय दिनुपर्ने भएकाले तत्काल यो काम गर्न सम्भव भएको छैन’ सुशील सुनाउ“छन् ‘पूर्णरूपमा सिनेमाटोग्राफरको क्रियटिभिटी देखिने फिल्म आए फोटोग्राफी र भिडियोग्राफीको कामलाई केही समय स्थगित गरेर पनि फिल्म खिच्ने सोच छ।’

रंग वे नामक फिल्ममा अभिनय र केही म्युजिक भिडियोमा मोडलिङसमेत गरेका उनले दर्जनौं उत्पादन, बंैक, हवाई र मोबाइल सेवाको पेपर तथा टेलिभिजन एडको फोटोग्राफी र छायांकन गर्दै आएका छन् भने ऋषि धमलाको जनता जान्न चाहन्छन्, रवि लामिछानेको सीधा कुरा जनतास“गजस्ता टेलिभिजन कार्यक्रमका साथमा वृत्तचित्रको छायांकनको जिम्मेवारी पनि सम्हालिसकेका छन्। विज्ञापन र अन्य प्रयोजनका लागि नया“ पुराना सबैैजसो सेलिब्रटीलाई आप्mनो क्यामरामा कैद गर्दै आएका सुशिलले गायिका अनुष्का पाठकको रहरमा हुन्छ मायालगायत केही गीतको भिडियोमा अभिनय गर्नुका साथै स्मृति पोखरेलको मा¥यो नि लौ, सुमन घिमिरेको यही त माया होलगायतका गीतको भिडियो निर्देशनसमेत गरेका छन् भने सुन्ताखान स्कुल, नेपाल आयाल निगम, जगदम्बा स्टिललगायतको डकुमेन्ट्री पनि तयार गरेका छन्।

‘मैले भारतबाट फोटोग्राफी सिकेर आई काम शुरु गर्दा नेपालमा डिजिटल सिस्टम शुरु भएकौ थिएन, एनालग सिस्टम चलिरहेको थियो। त्यतिखेर वेडिङ फोटोग्राफी र भिडियोग्राफीलाई स्पेसल बनाउ“छु भन्ने हिसाबले काम शुरु गरे“। विस्तारै वेडिङस”गै पेपर एड, भिडियो एड, डकुमेन्ट्री, म्युजिक भिडियोतिर लागे“। सबैले काम मन पराइदिनुभएकाले बिस्तारै अघि बढिरहेको छु’ राजधानीको नया“ र मध्य बानेश्वरमा वेलक्लिक नामक दुई स्टुडियो सञ्चालन गरी त्यही“बाट फोटो र भिडियोग्राफीको कार्यलाई अघि बढाउ“दै आएका सुशील भन्छन् ‘त्यसैको बलमा अस्ट्रेलिया पनि एउटा स्टुडियो शुरु गर्दैछु।’

फोटो र भिडियोग्राफीमार्पmत कला क्षेत्रमा योगदान पु¥याएवापत उनले हालै राज मेकअप स्टुडियोद्वारा राजधानीमा आयोजित कार्यक्रमका बीच प्रतिनिवध सभाकी उपसभामुख इन्दिरा रानाबाट विशेष सम्मान प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्