पुष्पसदन बास्केटबलमा एलए, रेडियन्ट र ब्राईट होराईजन विजयी



किर्तीपुर ।

तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा लिटिल एन्जल्स, ब्राईट होराईजन र रेडियन्ट पब्लिक विजयी भएका छन् । यस्तै आशिष थापामगरको उत्कृष्ट स्कोरका साथ मेगस स्कुलले आयोजक पुष्पसदन स्कूललाई निराश बनाईदिएको छ ।

किर्तीपुरस्थित आफ्नै घरेलु कोर्टमा सम्पन्न खेलमा पुष्पसदन मेगससँग ४८–४० को स्कोरले पराजित भयो । खेलको सर्वाधिक स्कोरकर्ता मेगसका आशिष थापामगर भए । उनी एक्लैले ३७ स्कोर गरेका छन् । यसअघि आईतबार पनि उनले नै राराहिललाई पराजित गर्न ठूलो स्कोर ५९ स्कोर गरेका थिए ।

प्रतियोगिताको सिनियर ब्वाईजतर्फ लिटिल एन्र्जल्सले जनसेवा स्कूललाई ३४–२३ को स्कोरले हरायो । खेलमा ११ स्कोर गरेका एलएका लक्कि मर्हजन सर्वाधिक स्कोरर बने । सिनियर र जुनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिक र ब्राईट होराईजन स्कूलका दुबै टिमले जित निकालेका छन् । सिनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिकले स्वर्णीम स्कूललाई ३४–१४ स्कोरले पाखा लगाएको छ । यो खेलमा रेडियन्टका रोहित चौधरी सर्वाधिक स्कोरर बने । उनले ८ स्कोर गरे ।जुनियर ब्वाईजतर्फको खेलमा रेडियन्ट पब्लिकले भ्याली भ्यू स्कूललाई २०–६ को अन्तरले पाखा लगायो । ८ स्कोर गरेका विधान सर्वाधिक स्कोरर बने ।

पुष्पसदन कप अन्र्तगत नै सिनियर ब्वाईजतर्फ भ्याली भ्यूले एभिएमलाई ३९–१५ स्कोररले हराएको छ । खेलमा सबैधन्दा धेरै भ्याली भ्यूका गणेशले १४ स्कोर गरे । सिनियर ब्वाईजतर्फ नै ज्ञानोदय स्कूलले मंगल माविलाई ३८–२७ को स्कोररले हराएको छ । पराजित मंगलका सक्षम मर्हजनले सर्वाधिक १६ स्कोर गरे ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स ९३×३० तर्फ २४ टिम गरी जम्मा २५ ओटा विद्यालय सहभागी भएका छन् । आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्