अन्तर वडा फुटसलमा २७, १७, ३२ र ९ विजयी



काठमाडौँ। 

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ विजयी भएका छन् ।

लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको चौथो दिन वडा नं २७ ले वडा नं १ लाई ५-१ ले  हरायो । विजयी टोलीका लागि सिरज कंसाकारले दुई तथा विज्ञान शाही, रवीन्द्र श्रेष्ठ र सलिल श्रेष्ठले एक–एक गोल गरे । वडा नं १ का आशिष थापा मगरले गरेको गोल सान्त्वना मात्र बन्यो ।

अर्को खेममा वडा नं १७ ले वडा नं २५ लाई २-० ले पराजित गर्यो । वडा न १७ का लागि सुगन महर्जन र श्रृजन रजकले गोल गरे । अन्य खेलमा वडा नं ९ ले वडा नं २० लाई ७(२ र वडा नं ३२ ले वडा नं ७ लाई २-१ ले हराए ।

यससँगै प्रतियोगिताको पहिलो चरण समाप्त भएको छ । शनिबारदेखि प्रि-क्वार्टरफाइनल सुरु हुनेछ । प्रि-क्वार्टरफाइनलको पहिलो दिन वडा नं १२ ले वडा नं ११, वडा नं २८ ले वडा नं १३, वडा नं८ ले वडा नं २६ र वडा नं २ ले वडा नं १५ सँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्