ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु



उदयपुर ।

उदयपुरको बेलका नगरपालिका २ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक  कुमार बस्नेतको बुधवार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा भएको मासिक बैठकमा सहभागी भएर प्रहरी चौकी भागलपुर फर्कने क्रममा मोटरसाइकलमा सवार प्रसनि बस्नेत सवार मोटरसाइकललाई बेल्टारतिरबाट गाईघाट आउँदै गरेको ना ४ ख ६१८३ नम्बरको ट्रकले चौदण्डीगढी ९ ज्यामिरे भन्ने गाउँमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएकोमा अस्पतालमा उपचार गर्नु भन्दा पहिले नै चिकित्सकले प्रसनि बस्नेतलाई मृत घोषणा गरेका थिए ।

प्रसनि बस्नेतलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्