धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाका भाइमाथि खुकुरी प्रहार



सुनसरी।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाका भाइ बिष्णु बेघामाथि खुकुरी प्रहार भएको छ। धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णुमाथि खुकुरी प्रहार भएको हो ।

विष्णुमाथि १५ देखि २० जनाको समूहमा आएका युवाले घरमै खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उपमेयर बेघाको घरसमेत तोडफोड भएको छ । तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्