अल्वानिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा महिला पक्राउ



काठमाडौँ |

अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड खलंगा ४ स्थाई घर भई हाल काठमाडौँको सिनामंगल बस्ने २५ वर्षिया सुधा चौधरी रहेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार सिनामंगलबाट पक्राउ गरेको हो ।

चौधरीले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु भनी पीडितलाई प्रलोभनमा पारी पटक पटक गरी २,७२,००० रकम लिइ सम्पर्क विहीन भएकी थिइन् ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्