दार्चुलामा ९ किलो चरेससहित दुई जना पक्राउ



दार्चुला। 

दार्चुलामा लागूऔषध चरेस सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले बैतडीको पुर्चौडी नगरपालिका–४ भट्नाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जय बहादुर धानुकलाई चरेससहित पक्राउ गरेको हो ।

आज बिहान बैतडीको गन्नाबाट दार्चुलाको गोकुलेश्वर तर्फ आइरहेका ती दुवै जनालाई प्रहरीले शैल्यशिखर नगरपालिका–९ नायलबाट चरेस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुला सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिएको उनले बताए । धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको बताइएको छ । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्