काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन हुने 



कीर्तिपुर। 

पुष्पसदन स्कुल कीर्तिपुरले तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाय्यापी अन्तर विद्यालय बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी जम्मा २५ ओटा विद्यालय प्रतियोगितामा भिड्दै छन् । आज विभिन्न सहभागी विद्यालयका प्रतिनिधिहरूको रोहवरमा टाइशीट ड्र गर्ने काम सम्पन्न भयो।

भदौ २९ गतेदेखि असोज ८ गतेसम्म लीग कम नकआउटको आधारमा  सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका वेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्