क्यानडा पठाइदिन्छु भन्दै  रकम ठगी गरेको आरोपमा युवक पक्राउ



काठमाडौँ।

क्यानडा पठाइदिन्छु भनी  ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ घर भएका सुजन पुरी छन्।
उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सानटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

२४ वर्षीय सुजन पुरीले भूमिराज राईलाई क्यानडा पठाउने सपना देखाएर १० लाख ८५ हजार ठगी गरेको आरोप छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्