मलेशिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ ।

मलेशिया पठाईदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–२ घर भएकी तुलसा वाग्ले अधिकारी छिन् । २७ वर्षीय अधिकारी टोखामा बस्दै आएकी छन् ।

उनले खिमलाल बुढा मगरसहित दुई जनालाई ‘मलेशिया पठाउँछु, आकर्षक तलब हुन्छ’ भनी प्रलोभनमा पारी पीडितबाट रकम लई सम्पर्कबिहिन भइ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्