७१ किलो गाँजासहित कार नियन्त्रणमा



हेटौँडा। 

हेटौंडामा प्रहरीले गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो करिब ४ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले हेटौँडा–९, रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा कार नियन्त्रणमा लिएको हो ।

रोकिराखेको वा. ६ च १८४७ नम्बर कारलाई शंका लागेर चेक गर्ने क्रममा कारचालक मकवानपुरको कैलाश गापा वडा–१ बस्ने वर्ष ३५ का गणेश थापालाई खानतलासी पुर्जी दिइ चेक गर्दा कारको डिकीभित्र लुकाइराखेको ७१ किलो १ सय १५ ग्राम लागुऔषध गाँजा  फेला परेको हो ।

उक्त लागुऔषध र कारसहित थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्