स्राेत नखुलेकाे २० लाख बरामद

0
Shares

नवलपरासी।

पश्चिम नवलपरासी प्रहरीले शनिबार दिउँसाे स्राेत नखुलेको २० लाख रूपैयाँ बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सरावल गाउँपालिका ७ भुजहवा स्थित झरही पुलबाट उक्त रकमसहित २ जनालाई पक्राउ गरिएकाे जनाएकाे छ ।

प्रहरीले नम्वर प्लेट नभएकाे माेटरसाईकल देखि चेक जाँच गर्ने क्रममा कम्मर पेटी बनाई १ हजार दरकाे १ हजार १ सय ९० थान र ५ सय दरकाे १ हजार ६ सय २० थान रकम बाेकेर माेटर साईकलमा सवार २ युवाबाट बरामद गरेकाे हाे ।

स्राेत नखुलेकाे रकम र रकम बाेकी हिड्ने पाल्हिनन्दन २ का २४ वर्षीय रामपत गुप्ता र वर्ष ३८ काे गफ्फार राईनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिप्रकामा राखिएकाे प्रहरीले जनाएकाे छ ।