थाहानगर उद्योग वाणिज्य संघमा सबै निर्विरोध



हेटौंडा। 

 थाहा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित गरेको हो । ढकाल अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष थिए । नवगठित कार्यसमिति वरिष्ठ उपाध्यक्षमा शम्भुसिं कार्की, उपाध्यक्ष (वाणिज्य) सुरेन्द्रमान प्रधान, उपाध्यक्ष (उद्योग) सानुकाजी गोपाली, उपाध्यक्ष (वस्तुगत) राजेन्द्र बिडारी, महासचिव जर्मलाल श्रेष्ठ, सचिव श्रीराम कार्की, सहकोषाध्यक्ष निरोज प्रधान सर्वसम्मत भएका छन्  ।

समितिका सदस्यहरु वाणिज्यमा बलराम थापा, विक्रम केसी, अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, यादबजंग रायमाझी र जयराम खत्री केसी पनि सर्वसम्मत भए । उद्योगतर्फका ४ सदस्यमा आरती श्रेष्ठ, सुमन बिष्ट, राजनप्रसाद ढकाल र हरेराम कार्की निर्विरोध भएका छन् ।

संघको कार्यसमिति सदस्य (वस्तुगत) तर्फ सुबिन्द्रमान प्रधान, वाणिज्य सदस्य महिला यशोदा अधिकारी निर्विरोध हुनुभएको   निर्वाचन अधिकृत विवेक मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्