ललितपुर महानगर–१८ द्वारा खेल सामाग्री हस्तान्तरण



ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर–१८ले वडाका क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य र वडा अध्यक्ष दामोदर खड्काले श्री वालकुमारी श्रृजना क्लब र सैबु भलिबल संघलाई खेल सामाग्री हस्तान्तरण  गरेका छन् ।

वडाले श्री वालकुमारी क्लबलाई भलिबल, फुटवल, बास्केटबल टेबलटेनिस बोर्ड, ब्याट लगायतका सामाग्री क्लबका उपाध्यक्ष किशोर कुँबरलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी भलिबल क्लबको तर्फबाट साहिल कुँवरलाई भलिबल हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति उपमेयर शाक्यले वडावासीलायृ स्वस्थ्य बनाउन खेल सामाग्री वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिएका थिए  । वडा अध्यक्ष्य खड्काले स्वस्थ्य वडा कार्यक्रम अन्तर्गत खेल सामाग्री वितरण गरेको जानकारी दिए ।

वडाले यसअघि आधा दर्जन बढी क्लबलाई फुटबल, भलिबव, टेबलटेनिस बोर्ड, जर्सि लगायतका खेल सामाग्री हस्तान्तरण गरिसकेको छ । केही महिनापछि बडाले पार्क निर्माण गरी पार्कमा खेल सामाग्री राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्