मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु



लन्डन ।

अफ्रिकी देश मोरोक्कोमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्