पारिवारिक तिरस्कारले घर छाडेका ८० वर्षीय वृद्ध धनुषाको जंगलमा अलपत्र

0
Shares

महोत्तरी। 

शरीर लगलग कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन् । कपाल र दारी सेतै फुलेको छ ।  जंगलको बिचमा एउटा झुल टागीएको छ ।
एक वृद्ध कमजोर शरीर लिएर यही सुनासान अनकन्टार ठाउँमा २२ दिनदेखि बसिरहेका छन् ।
बल्वा नगरपालिका वडा न.११ रौजाका मोहम्मद एलाही शेख घरबाट निस्किएको २२ दिन भयो ।
शेखका अनुसार घरमा छोरा, बुवारी, श्रीमतीले तिरस्कार गरेपछी घरबाट  निस्किएका हुन ।

मिथिला नगरपालिका-११ लालगढ स्थित अजिङगरे डाडामा भेटिएका शेखले गहभरि आशु बनाउँदै भने – `पारिवारिक तिरस्कारमा परेपछि घरबाट निस्किए अनि अल्लाहले यहाँ ल्याई पुर्‍याउनुभयो ।´

`कान्छो छोरा मोहम्मद नेसारुन सेज घरमा नै छ । श्रीमती छन् । जेठा छोरा फेजुल सेख बिदेशमा छन् ।´उनले  भने । ` तीन छोरीहरु छन्, जेठी छोरी मोमिना खातुनको मटिहानीमा विवाह भएको छ, माइली छोरी नागीना खातुनको गाउँमा नै र कान्छी छोरी रविना खातुनको धनुषाको लोहोनामा विवाह भएको छ ।´

शेखले १२ बर्षदेखी घर-परिवारको तिरस्कार वनेको हुनाले एकान्त खोज्दै यहाँ आईपुगेको बताए । उन्ले भने –  ‘घरमा बस्न नसकेपछी २२ दिन अगाडि घरबाट  निस्किएको हुँ अब यतै मर्छु ।’

२२ दिनसम्म केही नखाएको बताउने शेखले आफ्नो  ठेगाना र पारिवारिक विवरण वताउदा पनि बोल्न सकिरहेका थिएनन् ।

उमेरले ८० बर्ष पुगेको बताउने शेख घर फर्कन नचाहेको बताउँछन् । पिकनिकको लागी त्यहाँ पुगेका ब्यक्तिहरुले देखेपछि वृद्धको विषयमा खोजबिन भएको थियो ।

त्यसपछी जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानिय संचारकर्मीलाइ खवर गरेपछी वल्वा नगरपालिकामा जनप्रतिनिधिसगँ बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो ।

बल्वा नगरपालिका वडा न.९ का वडा अध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा न.११ कै भएको तर उनी कसरी घर छाडे भन्ने विषयमा जानकारी नभएको बताए ।

नगरप्रमुख राम विजय महतोले त्यस विषयमा बुझेर उद्धार गर्ने बताएका छन् ।