स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित युवक पक्राउ



काठमाडौँ।

स्रोत नखुलेको साढे २० लाख रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

भारतबाट नेपाली रूपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाइछिपाइ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनको साथबाट नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ।

बरामद गरिएको रकमसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्