नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार  



झापा।

जिल्लाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची नदीमा  हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले शुक्रबार  सकुशल उद्धार गरेको छ ।

इलामको  रोङ्ग गाउँपालिका ६ बस्ने ४० बर्षिया सोमा तामाङ्ग सो नदीमा  हाम फालेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो  ।

उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्