लेखा अधिकृतसँग अमर्यादित ब्याबहार गर्ने प्रशाशकीय अधिकृतको अबार्ड खोसियो



काठमाडौं ।

आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेपछि माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अबार्ड खोसिएको छ।

हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको हो ।

अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अबार्ड खोसेको हो ।

हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई उक्त अवार्ड पाउँदा भने इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेका थिए ।हालै एक लेखा अधिकृत महिलासँग अमर्यादित तथा अशिष्ट ब्याबहार गरेको सिसिटिभी सार्बजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्