नक्कली नोटसहित एक जना पक्राउ



काठमाडौँ।

प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ४ धारापानी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ८ भिमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका छन् ।

उनको साथबाट १ हजार दरका १०० थान नक्कली नोट बरामद गरिएको छ । स्वयम्भू एरियामा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्