कर्मचारीमाथि जबर्जस्तीकरणी गरेको अभियोगमा डाक्टर पक्राउ



काठमाडौँ।

अस्पतालमा कार्यरत कर्मचारीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा डा.बसिम राई पक्राउ परेका छन् । हेटौँडा–१ स्थित हेटौँडा सिटी हस्पिटलका सञ्चालकसमेत रहेका ३६ वर्षीय डा. बसिम राईलाई हिजो (सोमबार) पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार पीडित महिलाको मौखिक जाहेरीका आधारमा राईलाई हिजो प्रक्राउ गरिएको र आज पीडितले राईविरुद्ध जबर्जस्तीकरणीको लिखित जाहेरी दिनु भएको छ ।

सोमबार राती साढे १० बजेको समयमा हेटौँडा–१ स्थित डा. राईको आफ्नै कोठामा आफूमाथि जबर्जस्तीकरणी गरेको भनी पीडित महिला कर्मचारीले दिएको जाहेरीमा उल्लेख छ।

५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्