भिरबाट लडेर एक जनाको मृत्यु



उदयपुर ।

जिल्लाको ताप्ली गाउँपालिका ४ थुम्कीका एक वृद्धको भिरबाट लडेर ज्यान गएको छ । भदौ १० गते घरबाट निस्केर सोही वडाको खानीडाँडा गएका ती  वृद्ध त्यहाँबाट घर फर्कने क्रममा थुम्की कै भिरबाट लडेर ज्या नगएको थियो ।

प्रहरीले यो घटनाका बारेमा आइतबार साँझ ६ बजे मात्र जानकारी पाएको र प्रहरी चौकी रुपाटारको टोलीले घटनास्थलमा हेर्दा ताप्ली गाउँपालिका ४ का ७२ वर्षीय मणिराज राईको लास सडी गलेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार सूचना पाउना साथ रुपाटार प्रहरी चौकीको प्रहरी टोली घटना स्थलमा गएको र घटना स्थललाई सुरक्षित  राखेर इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षकको नेतृत्वमागएको प्रहरी टोलीले लासको जाँचगर्दा पोष्ट मार्टम गर्न नसकिने अवस्थामा रहेकोले लासको सदगदका लागि परिवारलाई जिम्मा लगाइएको  छ ।

प्रतिक्रिया दिनुहोस्