चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ



उदयपुर । 

उदयपुरको चैदण्डीगढी नगरपालिका ३ कुसुम चौरी गाउँबाट आज प्रहरीले चेक अनादर मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेर उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी पक्राउ पर्नेमा ३३ वर्षिय सुजना राई रहेको र उनलाई चेक अनादर मुद्दामा उदयपुर जिल्ला अदालतले २०७७ साल माघ २८ गते ३ हजार रुपियाँ जरिवाना गर्ने फैसला भएकोमा फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोज तलास गर्दा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले निज सुजना राईलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिई इप्का बेल्टारमा ल्याएर आवश्यक अनुसन्धान पश्चात् फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको सूचना अधिकारी चौधरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्