कटारीमा होटल मजदुरको मृत्यु



उदयपुर ।

उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने कटारी नगरपालिकामा हिजो एक होटल मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

कटारी बजारमा रहेको मनकामना होटलमा नौ महिना अघिदेखि काम गर्दै आएका १८ वर्षीय  प्रदीप मगरको होटलमा काम गर्दै गर्दाको अवस्थामा करेन्ट लागेर घाइते भएकोमा उपचाका लागि कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले दिएको जानकारी अनुसार कटारी नपा ४ स्थित अम्बर बहादुर श्रेष्ठद्धारा संचालन गरिुएको मनकामना होटलमा कार्यरत प्रदीप बलम्पाकी मगरलाई करेन्ट लागेर हातमा पोलेको र घाइते भएपछि अस्पताल लैजाँदै गर्दा बाटो मै ज्यान गएको हो ।

कटारी नपा ८ सिरिसे गाउँ घर भएका मृतक मगर होटलको खाना बनाउने भान्सामा करेन्ट लागर ढलेको र होटल संचालक अम्बर बहादुर श्रेष्ठले देखेर तत्कालै उपचाकालागि कटारी अस्पताल लैजाँदा बाटो मै उनको मृत्यु भएकोले शवलाई पोष्ट मार्टमकालागि कटारी अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्